काठमाडौँ – नेपाल परिवार दलको तेस्रो महाधिवेशनबाट अध्यक्षमा एकनाथ ढकाल चयन भएका छन्। शनिबार सुरु महाधिवेशनले अध्यक्षमा ढकाललाई निरन्तरता दिँदै आईतबार सकिएको छ ।
तेस्रो महाधिवेशनले ‘सबैखाले विभेदको अन्त्य गरौँ : सुसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नाराका साथ सम्पन्न महाधिवेशनले नयाँ नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ । महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलगायत विषय पारित गरेको उक्त पार्टीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पार्टीको वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ चयन भएका छन्। महामन्त्रीमा भने सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापा चयन भएका छन्।
सहमहामन्त्रीमा मिलनकुमारी राजवंशी, रुपसिंह भण्डारी, मनोजकुमार सुर्खेति,अब्दुल कैयुम शाह, अशोक कुमार चौधरी चयन भएका छन्।
कोषाध्यक्षमा गोविन्द नाथ मिश्र र सहकोषाध्यक्षमा बुद्धिमाया पुन मगर चयन भएका छन्। परिवार दलले १०१ सदस्यीय कार्यसमिति चयन गरेको छ।