logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कुन राशिलाई कस्तो लाभ थाहा पाउनुहोस् तपाईको आजको राशिफल 

    कुन राशिलाई कस्तो लाभ थाहा पाउनुहोस् तपाईको आजको राशिफल 

    3.4K
    Shares

    काठमाडौं । आज  ७ मंसिर, मंगलबार । तद्अनुसार २३ नोभेम्बर, २०२१ । आज सूर्योदय बिहान ६ः३१ मा र सूर्यास्त साँझ ५ः१० मिनेटमा हुनेछ ।

    मार्गशीर्ष कृष्णपक्ष चतुर्थी आजको दिनलाई मंगलचौथी पनि भनिन्छ । चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र र साध्य योग रहेको छ । आजका देवता सावित्री हुन भने ग्रहदेव शुक्र हुन । मंगलबारको दिन पारिवारिक काम गरेमा शुभ हुन्छ । आजको शुभ समय बिहान ११ः३० देखि १२ः१२ सम्म रहेको छ । त्यस समयमा कुनै नयाँ काम गर्नसक्नुहुनेछ । मंगलबारको दिन बिहान गणेश मन्दिर जाने र हुनमानको आराधना गर्नु राम्रो मानिन्छ ।

    मेष 
    मेष राशि भएका जातका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक  हानी हुने देखिन्छ । आजको दिन तपाईँले बजारमा सामान खरिद नगर्दा राम्रो हुन्छ । दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला । अनावश्यक सामान खरिद नगर्नुहोला ।

    वृष  
    अध्ययन अनुसन्धानमा कम रुचि र मनमा चिन्ता बढ्नेछ । कुनै नयाँ अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शरुवात गर्नुहोला ।

    मिथुन 
    आजको दिन  निकै शुभ छ । चन्द्रमाको साथ रहेको छ । व्यापामा रहेका साझेदारसँग फाइदा हुनेछ । तपाईँले सोचअनुसारको कुनै पनि काम गर्न सक्नुहुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपाईँको गर्ने काममा सफलता मिल्नेछ । त्यसैले नयाँ काम गर्न सक्नुहुनेछ । यात्रा गर्दा पनि सफलता र फलदायी हुनेछ ।

    कर्कट 
     धन प्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । विगतमा तपाईँप्रति विरोध गर्नेले तपाईँलाई सम्मानका शब्द प्रयोग गर्नेछन् । सापट दिएका धन फिर्ता हुनसक्छ । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला ।  

    सिंह 
    आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दूरीको यात्रा पनि नगर्दा राम्रो हुनेछ । स्वास्थ्यमा प्रतिकूल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईँले विश्वास गरेको मित्रबाट दुःख र धोका हुनसक्छ ।

    कन्या 
    परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मान मिल्न सक्छ । तपाईँले गरेको कामको मान सम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईँले केही बाल कन्यालाई फलफूल उपहार दिनुभयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ ।

    तुला 
    आजको दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन कुनै पनि काम गर्दा ध्यान दिनुहोला । सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला ।   

    वृश्चिक 
    व्यापारबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा परिवारकाका सदस्यलाई  जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईँको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । 

    धनु 
    तपाईँले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईँलाई साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईँलाई सकारात्मक उर्जा भरिने छ । मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। व्यापारमा सफलता मिल्नेछ । आर्थिक कारोबार गर्दा विचार पुर्‍याउनु होला ।  

    मकर 
    मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईँले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठ मन्दिर दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।

    आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ । सात सातासम्म रहेक मंगलबार गणेशमन्दिरमा दर्शन गर्नाले तपाईँको ग्रहदोष कम हुँदै जानेछ । 

    कुम्भ 
    नयाँ, काम र यात्रा गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोला ।  स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापारमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईँले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

     मीन 
    आजको दिन तपाईँले गर्न खोज्नुभएको काममा सफलता मिल्नेछ । बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ ।

    अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ । तपाईले जे काम गरिरहनु भएको छ । त्यही कामबाट तपाईले सफलता प्राप्त गर्नुहुनेछ । साँझको समयमा शिवालय जानु तपाईको लागि उत्तम हुनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend