logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गुल्मीमा ८० हजारलाई कोभिडविरुद्धको खोप लगाइँदै

    गुल्मीमा ८० हजारलाई कोभिडविरुद्धको खोप लगाइँदै

    3K
    Shares

    मंसिर । गुल्मीमा एकैपटक ८० हजार नागरिकलाई कोभिड१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लामा अहिलेसम्म करिब साढे ६२ हजारले खोप लगाएका छन् । तर, मंगलबारबाट १८ वर्ष माथिका नागिरकलाई पुग्नेगरी खोप लगाउन सुरु भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । मंगलबारबाट जिल्लाका १२ वटै स्थानीय तहका सबै स्वास्थ्य सस्थाबाट खोप अभियान सञ्चालन भइरहेको छ । 

    जिल्ला आएको ८० हजारमध्ये ७९ हजार ६ सय डोज खोप १२ वटै स्थानीय तहमा पठाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए । यो खोप १८ वर्ष भन्दा माथि र तीन महिनाको गर्भ नाघेका महिलालाई परिचय पत्रको आधारमा दिइने व्यवस्था मिलाइएको आचार्यले बताए । खोप अभियान बिहीबारसम्म चल्ने स्वास्थ्य कार्यालयले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend