logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बिहीबार तपाईको राशिफल कस्तो छ ? थाहा पाउनुहोस् 

    बिहीबार तपाईको राशिफल कस्तो छ ? थाहा पाउनुहोस् 

    4.6K
    Shares

    काठमाडौं । आज ९ मंसिर, बिहीबार । २५ नोभेम्बर । मार्गशीर्ष कृष्णपक्ष षष्ठी र सप्तमी दुवै तिथि परेको छ। आज सूर्योदय बिहान ६ः३२ मिनेटमा र सूर्यास्त ५ः१० मिनेटमा हुनेछ । पुष्य नक्षत्र, शुक्ल योग, चन्द्रमा कर्कट राशिमा  छ । आज बिहान ११ः३० देखि १२ः३२ सम्म अभिजित मुहूर्त रहेको छ। अभिजित मुहूर्तमा गरेको काम शुभ हुन्छ भन्ने मान्यता छ ।

    आजको राशिफलः

    मेष 
    सामाजिक र धार्मिककाममा गर्नुहुने कामबाट तपाईँलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चव्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईँको मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ ।

    वृष  
     आकस्मिक धनलाभ हुनेछ । व्यापारबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

    मिथुन 
     धनलाभ र नयाँ नयाँ खबरले तपाईँको मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईँले गरेको कामअनुसारको फल प्राप्त हुनेछ ।  

    कर्कट 
     आज यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । चन्द्रमाको साथ भएकाले आजको दिन तपाईँको सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापारमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययनअध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ ।  

    सिंह 
    बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भूलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुची छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ ।

    कन्या 
     यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । स्त्रिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

    तुला 
    मानसिक असन्तोष र तपाईँले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापामा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

    वृश्चिक 
    आजको दिन बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ ।  कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईँमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

    धनु 
     परिवार तथा आफन्तजनको  साथ सहयोगले तपाईँको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला ।  

    मकर 
    सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ ।  आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिँडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ  बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।    

    कुम्भ  
    मनमा अति प्रसन्नता छाउने छ ।आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ । सामाजिक काममा मन जानेछ । तपाईँले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् ।  

    मीन 
    बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईँले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ ।  

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend