logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • आमाको कुटपिटबाट छोराको मृत्यु

    आमाको कुटपिटबाट छोराको मृत्यु

    विराटनगर । मोरङको कटहरी गाउँपालिका ५ मा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ । ५५ वर्षीया आमा बातियो उरावको कुटपिटबाट ३५ वर्षीय राजेन्द्रप्रसाद उरावको आइतबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

    राजेन्द्र शनिबार राति मदिरा सेवन गरेर आएपछि भएको घरायसी विवादका क्रममा आमा बातियोले छोरालाई कुटपिट गरेकी थिइन् । मदिरा सेवन गरेर आएका राजेन्द्रले विवाद गर्न थालेपछि आमाले कुटपिट गरेको मोरङ प्रहरीले जनाएको छ । 

    आमाको कुटपिटबाट घाइते भएका राजेन्द्रको नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । कुटपिटबाट घाइते राजेन्द्रलाई परिवारजनले शनिबार राती नै कोशी अस्पतालमा सामान्य उपचारपछि घर लगेका थिए । 

    घटनाको बारेमा ढिलो गरी जानकारी पाएका प्रहरीले आइतबार पुनः राजेन्द्रलाई उपचारका लागि नोबेल अस्पतालमा भर्ना गराएको तर उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक जिसीले बताए । आमा बातियोलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान बढाएको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend