logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • आजको राशिफलः  धनु राशीका ग्रह बलिया, सिंहलाई परिवारबाट सहयोग प्राप्त

    आजको राशिफलः  धनु राशीका ग्रह बलिया, सिंहलाई परिवारबाट सहयोग प्राप्त

    5.6K
    Shares

    काठमाडौं । आजको १७ मंसिर, शुक्रबार । ३  तदनुसार डिसेम्बर । मार्गशीर्ष कृष्णपक्ष बालाचर्तुदशी, देशभरका शिवालयहरुमा शतबीज छर्ने दिन हो ।

    विशेषगरी पशुपति क्षेत्र र कैलाश पर्वतमा आफ्ना दिवंगत आफन्तजनको सम्झनामा अन्नको मिश्रण गरेर शतबीज छर्ने गरिन्छ । विशाखा नक्षत्र,अतिगण्ड योग र  चन्द्रमा तुला राशिमा छ । आज सूर्योदय बिहान ६ः४० मिनेटमा हुनेछ भने सूर्यास्त साँझ १७ः०६ मा हुनेछ । आजको देवता आजको देवता र ग्रहदेव दुवै चन्द्र छन् । आज ११ः३६ देखि ११ः५४ सम्मको समयमा राहू रहेको छ । ११ः३३ पछिको समय अभिजीत महूर्त सुरु हुनेछ । कुनै पनि शुभ कामका लागि यो मुहूर्त शुभ मानिन्छ ।  

    शुक्रबारको दिन मनोरन्जनात्मक कामका उत्तम दिन हो ।

    मेष

    आजको दिन रोजगारीको क्षेत्रमा तपाईँलाई नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको शिवालयमाको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । मनमा सकारात्मक सोच राख्नु पर्नेछ।  

    वृष 
    व्यापारबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ । तपाईँमाथि अनावश्यक आरोप लाग्नसक्छ ।

    मिथुन
    आजको दिन परिवार र आफन्तजले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछन् । त्यसैले कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नु होला । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै बेस हुनेछ ।

    कर्कट 
    आजको दिन तपाईँको शुभ छ ।  त्यसैले आजको दिन तपाईँको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु होला। 

    सिंह 
    परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा  यात्रा गर्नुहोला । परिवारका सदस्यले तपाईँलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ ।

    कन्या 
     आजको दिन आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता हात  लाग्नेछ । आज आम्दानीको  धनीराशिबाट महिला र बृद्ध मातालाई केही उपहार दिनु होला । तपाईँमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ ।

    तुला 
     आजको दिन सुरु गरेको काम सफल हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला।  कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नुहोला । कुनै कामबीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।

    वृश्चिक
    आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईँको कार्यमा सफलता मिल्नेछ।

    धनु 
    धनु राशी भएका जातकका लागि ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ ।  

    मकर 
    आजको दिन मानसम्मान मिल्ने योग छ ।  तपाईँलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन शिवालयको  मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दूरीको यात्रा गर्दा फलदायी हुनेछ ।

    कुम्भ
    आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन देवालयको दर्शन गर्नुभयो भने तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला ।

    मीन 
    सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। व्यापार ब्यबसायमा हुनुहुन्छ भने केही हानी हुनसक्नेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन अध्ययन लेखनमा मन जानेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend