logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गाउँपालिका अध्यक्ष बोगटीको पहलमा सुत्केरी व्यथा लागेकी महिलाको हेलिकोप्टरबाट उद्धार

    गाउँपालिका अध्यक्ष बोगटीको पहलमा सुत्केरी व्यथा लागेकी महिलाको हेलिकोप्टरबाट उद्धार

    4.1K
    Shares

    डोटी – डोटीको पुवीचौकी गाउँपालिका अध्यक्ष दिर्घ बोगटीको पहलमा सुत्केरी ब्यथा लागेकी २० वर्षिया सम्झना विकलाई हेलिकप्टरबाट उद्धारगरि नेपालगन्जस्थित नेपालगंज  मेडिकल पठाईएको छ  ।

    शुक्रवार काडाँमाण्डौकाबाट गर्भमा दुई वटा बच्चा रहेकी  सम्झनालाई उच्च रक्तचाप र मृगी नामक रोग समेत भएकाले तत्काल  आईसियुमा राखेर उपचार गराउनुपर्ने भएकोले हेलिकप्टर मार्फत नेपालगंज पठाएको जिल्ला अस्पताल डोटी डा प्रकार ठगुल्लाले जानकारी दिए। 

    आर्थिक अवस्था समेत कमजोर रहेकी उनलाई विभिन्न निकायसंग समन्वय गरी उद्धार कार्यसफल भएको पुवीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घ बोगटीले जानकारी दिए।  

    उनको उद्धारमा सुदुरपश्चिम प्रदेश सरकार आन्तरीक मामीला तथा कानुन मन्त्री पुर्ण जोशी, जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशी लगायतले सहयोग गरेका थिए  । 

    सम्झनाको हेलिकप्टरबाट उद्धार गर्दा भएको खर्च भने  समाजिक विकास मन्त्रालयले व्यहोने भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend