logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • विश्वभर थपिए ५ लाख ७४ हजार कोरोना संक्रमित

    विश्वभर थपिए ५ लाख ७४ हजार कोरोना संक्रमित

    3.1K
    Shares

    काठमाडौं । विश्वभर ५ लाख ७४ हजार ३७२ जना कोरोना संक्रमित थपिएका छन् ।

    ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन् भने ४ लाख ५९ हजार ५४२ जना संक्रमणमुक्त भएका छन् ।

    अमेरिकामा ९२ हजार ७९, फ्रान्समा ५९ हजार १९, जर्मनीमा ५१ हजार ५९२, बेलायतमा ४५ हजार ६९१, रुसमा ३१ हजार ९६ र टर्कीमा २२ हजार ६८७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै अमेरिकामा ५३ हजार ८३५, जर्मनीमा ५० हजार ३००, बेलायतमा ४१ हजार ५१९, रुसमा ३४ हजार ६१५ र टर्कीमा २४ हजार ३६६ जना कोरोनामुक्त भएका छन् ।

    यही अवधिमा ७ हजार ४४५ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार ५३०, रुसमा एक हजार १८२, जर्मनीमा ४४८, ब्राजिलमा २७८, टर्कीमा १९८, बेलायतमा १८०, फ्रान्समा १७२ जना छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend