काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया शनिबार सुरु हुँदैछ । १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यको निर्वाचन हुने छ । निर्वाचनको प्रक्रिया शनिबार बिहान सुरु हुने छ ।
काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार उद्घाटनसत्र र बन्दसत्र सम्पन्न भएको छ । शनिबार बिहान १० बजे देखि साँझ ५ बजे सम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । मनोनयनमाथिको दाबीविरोध र नाम फिर्ताका लागि मङ्सिर २६ गते आइतबार दिउँसो १ बजे सम्मको समय तोकिएको छ ।
यस्तो छ चुनावी कार्यतालिका
१. उम्मेदवारको मनोनयन दर्ताः आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म।
२. उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुँझः आजै बेलुका ५ बजेदेखि ७ बजेसम्म। त्यसपछि ७ बजेदेखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय हुने र १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन ९देवनागरिक वर्णानुक्रम अनुसार० हुनेछ ।
३. भोलि बिहान ११ बजेसम्म मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो १२ः१५ बजे हुनेछ।
४. मतदान पर्सि बिहान ८ बजे हुनेछ ।
सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचन सम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिनेछ।
सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिहरुको रोहबरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालय केन्द्रीय निर्वाचन समितिले तोकेको कोठामा सुरक्षित गरी कोठाको समेत शिलबन्दी गरिनेछ।
सभापति पदको बाहेक बाँकी पदाधिकारी र सदस्यहरुको मतगणना नेपाली कांग्रेस, केन्द्रीय कार्यालय सानेपामा हुनेछ।