काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत पहिलो मड्रिड डर्वीमा रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध २– ० अन्तरको सहज जित पाएको हो ।
१६औँ मिनेटमा करिम बेन्जेमाले गरेको गोलमा रियलले अग्रता लिएको थियो । ५७औँ मिनेटमा मार्को एसेन्सियोले अग्रता दोब्बर पारेका थिए ।
रियाल १७ खेलबाट ४२ अंकसहित शीर्ष स्थानमा छ । २९ अंक बनाएको एट्लेटिको चौथो स्थानमा छ ।
ला लिगा अन्तर्गत आइतबार भएको अर्को खेलमा बार्सिलोना ओसासुनासँग २(२ को बराबरीमा रोकिएको छ । १२औँ मिनेटमा निको गोन्जोल्वेजको गोलमा बार्सिलोनाले अग्रता लिए पनि त्यसको दुई मिनेटपछि नै डेविड गार्सियाले ओसासुनालाई खेलमा फर्काएका थिए ।
४९औँ मिनेटमा इजालजौलीले बार्सिलोनालाई पुनः अग्रता दिलाए । तर, खेल सकिन ६ मिनेट बाँकी हुँदा इज्क्वेल एभिल्लाले ओसासुनालाई खेलमा फर्काएका थिए ।
बार्सिलोना १७ खेलमा २४ अंकसहित आठौँ स्थानमा छ भने समान खेलमा २२ अंक बटुलेको ओसासुना १० औँ स्थानमा छ ।