logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • सचिवालयले भन्योः शशांक शेखरकै समर्थनमा, देउवा प्यानलले भ्रम फैलायो

    सचिवालयले भन्योः शशांक शेखरकै समर्थनमा, देउवा प्यानलले भ्रम फैलायो

    1.4K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानको तयारी भइरहँदा उम्मदेवारहरु अन्तिम कसरतमा छन् । मतदातालाई आफ्नो पक्षमा पार्न अनेकन तिगडम अपनाइरहेका प्यानल एकअर्काका उम्मेदवारलाई पनि आआफ्नो प्यानलमा राखेर प्रचार गरिरहेका छन् ।

    सभापतिको दौडमा शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय सदस्यका उम्मेदवार शशांक कोइरालालाई आफ्नो प्यानलमा राखे मतपत्रको नमुना बाँडिरहेको छ ।

    तर, शशांकको निजी सचिवालयले भने यसलाई भ्रम भनेको छ । शशांकका स्वकीय सचिव भरत तिवारीले शेखर कोइरालाको प्यानललाई नै सहयोग रहने बताए ।  तिवारीले भने उहाँ (शशांक) को नाम दुवै समूहले राखेका छन् । तर समर्थन शेखर कोइरालाको प्यानललाई नै हो ।’ 

    यद्यपि, शशांक यसअघि नै शेखरसँग रुष्ट छन् । इतरबाट सभापतिमा साझा उम्मेदवारको पक्षमा रहे पनि शेखर र प्रकाशमान सिंहले नमानेपछि समूह छिन्नभिन्न भएको थियो । शशांक शेखरको मनोनयन दर्ता र उम्मेदवारी घोषणा सभामा सहभागी भएका थिएनन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend