काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको नेतृत्वको लागि हुने आज सोमबार बिहान ८ बजे तय भएकोमा मतदान अझै सुरु भएको छैन । तर, सभापतिका उम्मेदवारमध्येका शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले मतदान स्थलको निरीक्षण गरेका छन् ।
कोइराला, सिंह र निधि बिहान फरक–फरक समयमा मतदानस्थल पुगेका थिए । मतदानस्थलमा लामबद्ध भएका प्रतिनिधिहरुसँग उनीहरुले मत मागेका थिए । सभापतिका लागि कोइराला, सिंह र निधिसहित शेरबहादुर देउवा र कल्याण गुरुङ चुनावी मैदानमा छन् ।
निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले मतपत्र छाप्न ढिलाइ भएकाले मतदान सुरु हुन नसकेको बताए । मतपत्र छापेर ल्याइएको छ केही छिनमै मतदान हुन्छ, उनले भने । मतदाता मतदान गर्न लामबद्ध भइसकेका छन् । भृकुटीमण्ड, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशको भृकुटीमण्डप र बाँकी राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको हो ।