काठमाडैं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना सकिएको छ । मतगणना सुरु भएसगै अग्रता कायम राखेका सभापति शेर बहादुर देउवाले बहुमत पाएनन् ।
अन्तिम नतिजाअनुसार शेरबहादुर देउवाले २२५८, डा. शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७१, बिमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाएका छन् । सभापतिका लागि देउवालाई ८२ मत नपुगेको हो । दोस्रो चरणमा देउवा र डा. कोइरालाबीच प्रतिष्पर्धा हुने भएको छ ।
सोमबार भएको निर्वाचनमा ४६७९ मत खसेको थियो । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ । कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।