काठमाडौँ – नेपाली कांग्रेसको सभापति चयनका लागी हुने दोश्रो चरणको निर्वाचनमा शेखर कोइरालाले चुनाव नलड्ने पक्षमा देखिएका छन्।
दोश्रो चुनावमा प्रकाशमान सिंह र सुजाता कोइरालाले शेरबहादुर देउवालाई समर्थन गरेपछि र निधिले समेत देउवालाई समर्थन गर्ने सम्भावना बलियो बनेपछि शेखर कोइराला आफु स्वतः हार्ने चुनावमा नजाने मुडमा देखिएका हुन्।
श्रोतका अनुसार प्रकाशमान सिंहको समर्थनसंगै लोकप्रिय नेता विश्वप्रकाश र सुजाताको देउवालाई स्वतः समर्थन जाने भएपछि आफु चुनावमा जानु उपयुक्त नभएको कोइरालले बताउन थालेका छन्।
कोइरालले हार्ने चुनावमा जान्न भनेपछि कोइरालासंग होटल मेरिटमा कोइराला पक्षका नेताहरु छलफलमा जुटेका छन् । छलफलमा डा मीनेन्द्र रिजाल, गगन थापा लगायत शेखर काेइराला समूहका नेता सहभागी छन्।