logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • अन्तत: दोस्रो चरणको चुनाव शेखर कोइरालाले लड्ने,केही बेरमा पत्रकार सम्मेलन गर्दै

    अन्तत: दोस्रो चरणको चुनाव शेखर कोइरालाले लड्ने,केही बेरमा पत्रकार सम्मेलन गर्दै

    2.3K
    Shares

    काठमाडौँ –  नेपाली कांग्रेसको सभापति चयनका लागी हुने दोश्रो चरणको निर्वाचनमा शेखर कोइरालाले चुनाव लड्ने भएका छन्।  

    सबै सभापतिका उमेद्वारले देउवालाई समर्थन गरेपछि हार्ने चुनावमा नजाने मुडमा देखिएका कोइराला अन्तत कोइरालाले आफु  निकट नेताहरुसंग होटल मेरिटमा छलफल गरेपछि चुनावमा जाने भएका हुन्।  

    उनले यसबारेमा जानकारी दिनको लागि अहिले पत्रकार सम्मेलन गर्न लागेका छन्।

    पहिलो चरणको निर्वाचनमा  कोइरालाले १७०२ मत पाएका थिए । त्यसबाहेक  देउवाले २२५८ मत पाएर  प्रकाशमान सिंहले ३७१  र २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा कल्याण गुरुङ  पुगेका थिए।  
     
     सभापति पदको दोस्रो चरणको निर्वाचनमा  कोइराला बाहेक सबैले देउवालाई समर्थन गर्ने बताईसकेका छन् । आजै ३: ३० बजे  देखि निर्वाचन हुदैछ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend