काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् ।
दोश्रो चरणमा भएको मतदानमा निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्दै देउवा सभापति बनेका हुन्।
बुधबार बिहान सम्पन्न मतगणनाबाट देउवा ९०७ मतान्तरका साथ सभापतिमा विजयी भएका हुन् ।
सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकामा मंगलबार घटेर ४५७४ मत खसेको थिए । काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना भएपनि बाँकी अनुपस्थित भएका थिए । मतपरिणामअनुसार देउवाले २७२४ मत पाउँदा कोइरालाले १८१७ मत प्राप्त गर्दै ९०७ मतान्तरका साथ बिजयी भएका थिए । यस्तै ३३ मत बदर भए ।