logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • विश्वप्रकाश शर्मा सहितका नेताहरुले गरे काँग्रेस महाधिवेशन स्थल सरसफाई

    विश्वप्रकाश शर्मा सहितका नेताहरुले गरे काँग्रेस महाधिवेशन स्थल सरसफाई

    2K
    Shares

    काठमाडौँ – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ । 

    बुधबार १४  औं  महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रिय प्रचारप्रसार समितिले हटाएको हो । नेपाली काँग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोरसमेत सफा गरिएको नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्माले  बताए  ।

     

     प्रचारप्रसारका लागि टाँगिएका ब्यानरलगायतका सामग्रीहरुको सरसफाई थालिएको बताउदै पार्टीको प्रचारप्रसार समिति अन्तर्गतबाट निर्माण गरिएको स्वागत र श्रृंगार समितिका संयोजक गोविन्द पुडासैनीलाई टाँगिएका प्रचारसामग्री हस्तान्तरण गरेर सरसफाई गरिएको हो ।

    नेता शर्माले  भने, ‘प्रचारप्रसार सामग्रीहरु जति हामीले टाँसेका थियौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको क्रममा प्रचारप्रसार भयो । केन्द्रिय प्रचारप्रसार समितिले उपत्यकाव्यापी जुन एक हप्ते प्रचार अभियान गरेको थियो । त्यसक्रममा टाँसिएका सामग्री जति छन्, ती सबै सामग्रीहरु केन्द्रिय प्रचारप्रसार समितिअन्तर्गत सबै साथीहर मिलेर हामी सरसफाई गर्ने क्रममा लागेका छौँ । प्रदर्शनीमार्गमा हामीले सबै सामग्री सफाई गरेका छौँ ।’

    मंसिर २४ गतेबाट शुरु भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मंसिर २९ गते बुधबारबाट सकिएको छ । अझै सभापति बाहेकका अन्य पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको मतगणना भने बाँकि छ । १४ औँ पार्टी केन्द्रिय महाधिवेशनबाट प्रधानमन्त्री समेत रहनुभएका शेरबहादुर देउवा विजयी बनेका छन्  ।

    पहिलो चरणमा नेपाली काँग्रेसको विधानअनुसार सभापतिका ५ उम्मेदवार कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा दोस्रो चरणको मतदान भएको थियो । जसमा शेरबहादुर देउवाले २,७३३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कोईरालाले १,८५५ मत प्राप्त  गरेका थिए  । दोस्रो चरणका लागि भएको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् २,३११ मतको आवश्यक पर्दथ्यो । खसेको मतमध्ये ३५ मत भने बदर भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend