logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • भुटानलाई हराउने दाउमा नेपाल

    भुटानलाई हराउने दाउमा नेपाल

    2K
    Shares

    काठमाडौं । सुरुआती दुई खेलबाट ४ अंक जोड्दै उपाधि यात्रा कायम राखेको नेपालले साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्दैछ ।  

    बंगलादेशको ढाकामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदानमा उत्र्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना कायम राख्न नेपाललाई भुटानविरुद्ध जितको विकल्प छैन ।

    भुटान समेत नेपालसँगको हारले उपाधि होडबाट बाहिर रहनेछ । ५ टोली सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

    प्रतियोगितामा लगातार दुई खेल जितेको भारत ६ अंकसहित शीर्ष स्थानमा छ । ४ अंक जोडेका बंगलादेश र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

    भुटानले तीन खेलबाट ३ अंक जोडेको छ । लगातार तीन खेलमा हारसहित १६ गोल बेहोरेको श्रीलंका एक खेलअघि नै उपाधि होडबाट बाहिरिसकेको छ । 

    पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग गोलरहित बराबरी रोकिएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । 

    पहिलो खेलमा श्रीलंकालाई ५–० ले पराजित गरेको भुटान दोस्रो खेलमा बंगलादेशसँग ६–० ले हारेको थियो। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend