logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • के हो ‘साइलेन्ट हर्ट अट्याक’ ? कसरी पत्ता लगाउने ? 

    के हो ‘साइलेन्ट हर्ट अट्याक’ ? कसरी पत्ता लगाउने ? 

    5.6K
    Shares

    एजेन्सी । हर्ट अट्याकको संकेत दिने लक्षणहरु फरक प्रकृतिका हुन्छन् । छाती दुख्ने, चिसो लाग्ने, पसिना आउने र धेरै कमजोर महसुस हुने जस्ता लक्षणहरुले हृदयाघातको संकेत गर्छ । तर, कहिलेकाँही लक्षण नदेखिए पनि हृदयाघात हुनसक्छ । कहिलेकाँही मुटुमा समस्या भएको हुने तर थाहा नहुने पनि हुनसक्छ । यस्तो हुनुलाई ‘साइलेन्ट हर्ट अट्याक’ भनिन्छ । साइलेन्ट हर्ट अट्याकमा निकै असामान्य तर कुनै पनि लक्षण महसुस हुँदैन । यस्तो हर्ट अट्याक निकै खतरनाक हुन्छ । 

    साइलेन्ट हर्ट अट्याक के हो ?
    अमेरिकाको क्लीवल्याण्ड क्लिनिकका कार्डियोजोजिष्ट कर्टिस रिम्मरम्यानका अनुसार साइलेन्ट हर्ट अट्याकको सबैभन्दा खतरनाक कुरा भनेको यसको उपचार गर्न सम्भव हुँदैन । यो अवस्थामा लक्षण देखा नपरेपनि मुटुलाई भने नोक्सान पुर्याउँछ । 

    कसरी पत्ता लगाउने ? 
    हृदयाघातको बारेमा जानकारी नहुनलेलाई यो रोगको बारेमा थाहा पाउन मुश्किल पर्छ । मुटुको मांसपेशीमा भएको नोक्सानलाई हेरेर डाक्टरले कस्तो प्रकारको हृदयाघात भएको पत्ता लगाउन सक्छन् । यसका लागि डाक्टरहरुले इलेक्ट्रोकार्डियोग्राम वा कार्डियक अल्ट्रासाउन्डमार्फत पत्ता लगाउन सक्छ । केही व्यक्तिहरु साइलेन्ट हर्ट अट्याकको तुरुन्तै अस्पताल जान्छन् । अत्यधिक थकान र सास फेर्न मुश्किल हुनु यसको लक्षण हुन सक्छ । साइलेन्ट हर्ट अट्याक महिला वा मधुमेहका रोगीलाई धेरै हुने गर्छ । 

    लक्षण 
    यसको कुनै पनि विशेष लक्षण हुँदैन । यसको लक्षण पत्ता लगाउन सकिदैन । छातीमा केही अड्किएजस्तो महसुस हुने, धेरै थकान महसुस हुने, कुनै पनि क्रियाकलाप गर्दा सास फेर्न गाह्रो हुने, छातीमा जलन महसुस हुने र लगातार बैचैनी महसुस हुने यसका लक्षणहर हुन् । कहिलेकाँही मानिसहरु आफूलाई केही भइरहेको छ तर केही होइन भन्ने गर्छन् यो पनि हर्ट अट्याक हुन सक्छ । त्यसैले कुनै पनि समस्या भएमा डाक्टरको सल्लाह लिन आवश्यक छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend