काठमाडौं । एसीसी यू १९ एसिया कपमा आज नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ। यूएईको सारजाह रंगशालामा स्थानीय समयअनुसार ९ बजे सुरु हुने खेलमा नेपालले श्रीलंकाको सामना गर्न लागेको हो।
नेपालले पहिलो खेलमा बंगलादेशसँग हार बेहोरिसकेको छ। त्यसैले आजको खेलमा जित निकाल्नै पर्ने दबाबमा नेपाल छ। सेमिफाइनल पुग्नका लागि पनि नेपाललाई कम्तीमा एक जितको आवश्यक पर्छ।
त्यसैले नेपाले जितको लक्ष्यसहित आज मैदान उत्रने छ। तर, श्रीलंकाविरुद्ध जित निकाल्नु नेपालका लागि ऐतिहासिक सफलता हुनेछ। र, त्यो सजिलो पनि छैन।
नेपाले बंगलादेशसँग १५४ रनको हार बेहोरेको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा कुवेतका सामना गर्नेछ। नेपाल र कुवेतबीचको खेल डिसेम्बर २८ मा हुनेछ।
यता पहिलो खेलमा नै श्रीलंकाले कुवेतविरुद्ध सानदार जित दर्ता गरिसकेको छ।