logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • एसीसी यू–१९ एसिया कपः नेपालले पायो ३२३ रनको विशाल लक्ष्य

    एसीसी यू–१९ एसिया कपः नेपालले पायो ३२३ रनको विशाल लक्ष्य

    1.6K
    Shares

    काठमाडौं । एसीसी १९ वर्षमुनिको एसिया कपमा नेपाललाई श्रीलंकाले ३२३ रनको दिएको छ । युएईको शारजहा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ४ विकेट गुमाएर ३२२ रन बनायो ।

    श्रीलंकाका लागि सदिशा राजपाक्षेले सर्वाधिक १३१ रन बनाए । यस्तै ओपनर चामिन्दु विक्रमासिंगेले १११ रन जोडे । ३९ रनमा पहिलो विकेट गुमाएको श्रीलंकाका लागि सदिशा र चामिन्दुले २२३ रनको विशाल स्कोरको साझेदारी गरे ।

    ओपनर सेभोन डानिलले १७, दुनिथ वेलालेजले अविजित ३४ रन योगदान गरे । बलिङतर्फ नेपालका मोहम्मद आदिल आलमले २ तथा कप्तान देव खनाल र विवेक यादवले १–१ विकेट लिए । नेपाल यसअघि पहिलो खेलमा १५४ रनले पराजित भएको थियो । समूह बी मा रहेको नेपालले अन्तिम खेल कुवेतसंग मंगलबार खेल्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend