logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • पाँचथरमा लोहोरो प्रहार गरेर श्रीमतीको हत्या

    पाँचथरमा लोहोरो प्रहार गरेर श्रीमतीको हत्या

    3.3K
    Shares

    पाँचथर ।  पाँचथरको फाल्गुनन्द गाउँपालिका २ ईम्बुङका ईन्द्र कुमार नेम्बाङले श्रीमतीको हत्या गरेका छन्। पुस ९ गते दिउँसो सामान्य घरायशी बिषयमा बादबिबाद हुँदा रिशको आवेगमा श्रीमानले आफ्नै  ४५ बर्षीया श्रीमती जिवन कुमारी नेम्वाङको हत्या गरेका हुन् । 

    उने श्रीमतीलाई लोहोरोले टाउकोमा प्रहार गर्दा घाईते भएकी नेम्बाङको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आईतवार बिहान  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न नेम्बाङलाई नियन्त्रणमा लिएको र घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ  ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend