logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • अपराजित नेपालको पाँचौ जित, फाईनलमा उज्वेकिस्तानसँग भिड्दै

    अपराजित नेपालको पाँचौ जित, फाईनलमा उज्वेकिस्तानसँग भिड्दै

    3.9K
    Shares

    काठमाडौं । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार पाँचौ खेलमा जित निकालेको छ । सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३–० ले हराउदै जित हात पारेको हो । नेपाल २५–८, २५–१४, २४–१७ को सोझो सेटमा विजयी भयो ।

    यससँगै साविक विजेता नेपालले समूह चरणका पाँचै खेलमा जित निकालेको छ । अब नेपालले मंगलबार उपाधिका लागि उज्वेकिस्तानसँग भिड्नेछ । अपराजित नेपालले यसअघि बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

    श्रीलंकाबाहेक अन्य टिमलाई नेपालले ३–० को सेटमा पराजित गरेको थियो । श्रीलंकालाई भने नेपालले ३–२ ले हारएको थियो । समूहमा शीर्ष स्थानमा रहेसँगै नेपालले १४ अंक जोड्यो । महिलातर्फ नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ ।

    दुई वर्षअघि भएको प्रतियोगितामा नेपालले उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको थियो । यता पुरुषतर्फ नेपालले दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । आइतबार नेपालले माल्दिभ्सलाई हराएको थियो । यसअघि नेपालले उज्वेकिस्तानलाई हराएको थियो । आयोजक बंगलादेश र श्रीलंकासँग भने नेपाल पराजित भएको थियो ।

    पुरुषतर्फ नेपाल, बंगलादेश, उज्वेकिस्तान, श्रीलंका र  माल्दिभ्स गरी ५ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend