logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • करोड बढीले लगाए कोरोना विरुद्धको पूर्ण मात्रा खोप 

    करोड बढीले लगाए कोरोना विरुद्धको पूर्ण मात्रा खोप 

    3.2K
    Shares

    काठमाण्डौ । नेपालमा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको छ । सोमवारसम्म एक करोड एक लाख ६६ हजार पाँच सय चार जनाले पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यो खोप योग्य जनसङ्ख्याको ५१ प्रतिशत हो । यस्तै एक करोड ३५ लाख ७३ हजार सात सय जनाभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् । नेपालमा अहिलेसम्म तीन करोड ९२ लाख तीन हजार नौ सय मात्रा खोप प्राप्त भएको छ । 

    यसैबीच पछिल्लो २४ घण्टामै थप पाँच लाख ६८ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा पाँच लाख ६८ हजार तीन सय १९ जनाले खोप लगाएको विवरण प्राप्त भएको छ ।

    सरकारले दैनिक तीन लाख मात्रा खोप लगाउने लक्ष्य लिएको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend