logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • इंग्ल्याण्डको लज्जास्पद हार

    इंग्ल्याण्डको लज्जास्पद हार

    1.4K
    Shares

    काठमाडौं । इंग्ल्याण्डलाई तेस्रो टेस्टमा एक इनिङ्स र १४ रनले हराउँदै अस्ट्रेलियाले एसेज शृङ्खलामाथि कब्जा जमाउन सफल भएको छ । शृङ्खलामा ३–० को अग्रता बनाउँदै अस्ट्रेलियाले उपाधि जितेको हो ।

    दोस्रो पारीमा इंग्ल्याण्ड लज्जास्पद रुपमा ६८ रनमा सीमित बनेपछि इनिङ्सको हार बेहोर्न पुग्यो । दुई जना खेलाडीबाहेक इंग्ल्याण्डका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान जो रुटले सर्वाधिक २८ तथा बेन स्टोक्सले ११ रन बनाए । इंग्ल्यण्डको पारी ध्वस्त बनाउन स्कट बोलान्डले ६ तथा मिचेल स्टार्कले ३ विकेट लिए । क्यामरुन ग्रिनले पनि एक विकेट लिएका थिए ।

    यसअघि इंग्ल्याण्डले पहिलो पारीमा १ सय ८५ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले अलआउट हुँदै २ सय ६७ रन बनाएको थियो । डेब्यू खेलमा नै ७ विकेट लिएका बोल्याण्ड प्लेयर अफ द म्याच घोषित भए ।  

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend