काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नियुक्त गरेका नेपाली पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आईपुगेका छन् ।
मङ्गलवार नेपाल आएका उनले नेपालको चुनौती सामना गर्न आफू तयार भएको पनि बताए । नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने बताउदै मुख्य प्रशिक्षक दासनायकेले पहिले नेपाली टोली र अहिले टोली सम्हाल्दा फरक भएको पनि बताए ।
प्रशिक्षक पुबुदुले अहिले नेपाली टोलीमा खेलाडी र क्यानबीचको जस्तै समस्या संसारका सबैजसो देशमा हुने गरेको र नेपालको समस्या सामान्य भएको भन्दै बन्द कोठाभित्र रहेर छलफल गरेको खण्डमा समाधान हुने विश्वास व्यक्त गरे ।
प्रशिक्षक दासानायकेले क्रिकेट अगाडि बढाउनका लागि खेलाडी र क्यानले सहयोग गर्ने विश्वास व्यक्त गरे । क्यानको गएको मङ्सिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकका रूपमा पुबुदुलाई अनुमोदन गरेपछि पुबुदुले फेरि नेपाल टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।
प्रशिक्षक दासानायकेले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसेका छन् । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–२० विश्व कप खेलेको थियो ।