logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कस्ता व्याक्तिले खाने त अण्डा

    कस्ता व्याक्तिले खाने त अण्डा

    3.5K
    Shares

    काठमाडौं । अण्डा सन्तुलित आहारका लागि महत्वपूर्ण खाद्यवस्तका रुपमा लिईनछ । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ । 
    फिजिसियन डा. भोजराज अधिकारीले मानिसलाई आवश्यक पर्ने खानेकुराको प्याकेज नै अण्डा भएको बताउछन् ।  अहिले नसर्ने रोग मधुमेह, उच्च रक्तचाप, कोल्डस्टोर सबैको कारण धेरै कार्बोहाइडेट र चिल्लोपना भएको उनको भनाइ छ । 

    ज्वरो आउँदा, गर्भवती हुँदा अण्डाको उपभोग गर्न हुने भन्दै अण्डाको पहेँलो भाग केही मात्रामा खान हुने उनको तर्क छ । मानव शरीरलाई दैनिक ३०० मिलिग्राम कोलस्टोर चाहिने भन्दै उनले एउटा अण्डामा २०० मिलिग्राम कोलस्टोर हुने बताए ।

    नेपालमा पोल्ट्री क्षेत्रमा एक खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले  अण्डाको महत्व बारेमा आमनागरिकलाई जानकारी गराउनुपर्ने बताउछन् । नेपालमा अहिले दैनिक ३० लाख अण्डा उत्पादन हुने गर्दछ ।

    पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट नेपालले २२ वर्ष अघिदेखि पोल्ट्रीजन्य उत्पादनमा आत्मनिर्भर भएको भए पनि सरकारी तवरबाट सहयोग प्राप्त हुन नसकेको गुनासो गरे ।  सरकारको नीति स्पष्ट नहुँदा निजी क्षेत्र प्रभावित बनेको उनको भनाइ छ । 

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend