logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आजबाट कोरोनाविरुद्ध अतिरिक्त मात्रा खोपः क–कसले पाउँछन् ?

    आजबाट कोरोनाविरुद्ध अतिरिक्त मात्रा खोपः क–कसले पाउँछन् ?

    2.4K
    Shares

    काठमाडौं । सरकारले कोभिड १९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई सरकारले बुस्टर डोजका रूपमा अतिरिक्त खोप लगाउने निर्णय गरेको हो ।

    कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई त्यस्तो खोप दिइने सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मंगलबारदेखि नै अतिरिक्त खोप दिइने जानकारी दिएका छन् । 

    केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिन सिफारिस गरेको आधारमा सरकारले यो निर्णय गरेको उनले बताएका छन् । मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामीले अतिरिक्त डोज पाउने छन् ।

    उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरू सेवन गरिरहेका बिरामी, भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्तिलाई पनि सरकारले अतिरिक्त खोप लगाउने निर्णय गरेको छ । लक्षित व्यक्तिहरूले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गई थप मात्रा खोप लगाउन सक्ने छन् ।

    क– कसले पाउँछन् अतिरिक्त खोप ?

    मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति

    सक्रिय क्यान्सरका रोगी

    अंग प्रत्यारोपण गरेका बिरामी

    एचआईभी संक्रमण भएका बिरामी

    रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी

    भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिक


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend