logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • सुदूरपश्चिममा कोरोना बढ्दै, दैनिक १०० बढीमा संक्रमण

    सुदूरपश्चिममा कोरोना बढ्दै, दैनिक १०० बढीमा संक्रमण

    1.8K
    Shares

    धनगढी । सुदूूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुनथालेको छ । भारतमा दिनहुँ कोरोना बढीरहेका बेला त्यहाँबाट फर्किने नेपालीहरुमा संक्रमण देखिन थालेको सुदूूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    निर्देशनालयको तथ्यांकअनुसार सुदूूरपश्चिम प्रदेशमा  पछिल्लो केही दिनयता दैनिक कम्तिमा पनि १०० जनामा कोरोना संक्रमण पुुष्टि भइरहेको छ ।जसमध्ये धेरैजसो भारतबाट फर्किनेहरू रहेका छन ।

    प्रदेशमा शनिबार १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ जनाबाहेक १२५ जना भारतबाटै फर्किएका हुन् । त्यस्तै बिहीबार पनि १०८ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये १०७ जना भारतबाटै फर्किएका रहेका थिए ।

    भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र भएकाबेला फर्किरहेका नेपाली संक्रमितको संख्यासमेत दैनिक वृद्धि हुुँदै जादा समुदाय स्तरमा फैलिने जोखिम बढेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend