logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • पुस ३० गते शुक्रबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस् राशिफल

    पुस ३० गते शुक्रबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस् राशिफल

    2.8K
    Shares

    काठमाडौं ।  ३० पुस २०७८, तदनुसार १४ जनवरी २०२२ शुक्रबार । पौषशुक्लपक्ष दशमी तिथि, बब करण, रोहिणी नक्षत्र, शुक्ल योग, चन्द्रमा वृष राशिमा छ । आज सूर्योदय बिहान ६ः५८ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा ।

    आज बिहान १०ः५४ देखि १२ः१३ सम्म राहुकाल रहेको छ । राहुकाल रहेको समयमा शुभकार्य नगर्नुहोला । त्यसैगरी ११ः५२ देखि १२ः३४ को समयमा अभिजित मुर्हूत पनि शुरु हुनेछ । आजको देवता पार्वती र ग्रहदेव चन्द्र रहेको छ ।

    शुक्रबार यात्रा र मनोरन्जनात्मक कार्यका लागि शुभ बार मानिन्छ । तर, आज मसान्त भएकाले नेपाली चलनअनुसार मसान्त अर्थात् महिनाको अन्तिम दिन यात्राको लागि उपयुक्त मानिदैन ।

    आजको राशिफल 

    मेष 
    आजको दिन तपाईंलाई नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको देवालयमा यात्रा गर्दा मनमा खुसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

    वृष  
    आजको दिन व्यापारमा लाभ  हुनेछ । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ । अनावश्यक विवाद र परिवारका सदस्यबीच प्रगाढ सम्बन्ध विस्तार हुनेछ । चन्द्रमाको साथ रहेको छ । सोचअनुसार काम हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

    मिथुन 
    आज तपाईंलाई मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउन सक्छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै बेस हुनेछ।आजको दिन देवीको मन्दिर दर्शनका लागि जानुहोला ।  

    कर्कट 
     आर्थिक र सामाजिक समस्याले  मनमा अनेकखालका समस्या आउनसक्छ । कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने दुवै व्यक्तिको हानी हुनसक्छ । अध्ययन अध्यापनमा ध्यान दिनुहोला । मौन रहनु उत्तम बाटो हो ।

    सिंह 
    परिवार र मित्रमण्डलीबाट आजको दिन साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा  यात्रा गर्नुहोला। परिवारका सदस्यले अनावश्यक आरोप समेत लगाउनसक्नेछन् । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ । कुनै देवालयको यात्रा फलदायी हुनेछ ।  

    कन्या 
     तपाईकै कारण आफन्तसँग विवाद हुन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । आज आम्दानीको  धनीराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।

    तुला 
    आजको दिन सुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

    वृश्चिक 
    कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने कार्यमा सफलता मिल्नेछ । सामाजिक सेवामा मन लगाउनु होला ।  

    धनु 
    आजको दिन शुभ रहेको छ ।  त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । 

    मकर
    विगतमा तपाईंले गरेको कामबाट आज मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईंलाई मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ ।

    कुम्भ 
    शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ । सकारात्मक सोच र अध्यात्मयात्राले तपाईको मनमा उर्जा थपिने छ ।  

    मीन 
    बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ आफ्नो कामको मूल्याकन गर्नुहोला । आज गरिएको कार्यायोजनाले तपाईलाई सफलता प्राप्त हुनेछ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend