logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

    थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

    3.5K
    Shares

    काठमाडौं ।  १ माघ २०७८, तदनुसार १५ जनवरी २०२२ शनिबार । पौषशुक्लपक्ष त्रयोदशी तिथि, माघेसंक्रान्ति, माघी पर्व, उत्तरायण शुरु, आज देशभरका पावन नदीमा स्नान गर्ने दिन ।

    बराहक्षेत्रमा विशेष मेला लाग्ने गर्दछ । त्यसैगरी देवघाटधाममा विशेष मेला लाग्ने गर्दछ । आज शनिप्रदोषव्रत समेत रहेको छ । आज बिहान सूर्योदय हुनुभन्दा पहिले स्नान गर्नुपर्ने मान्यता रहेको छ । आज बिहान ६ः५८ मा सूर्योदय हुनेछ भने ५ बजेर २९ मिनेटमा सूर्यास्त हुनेछ ।

    मृगशिरा नक्षत्र, कौलब करण, ब्रह्मा योग, चन्द्रमा बृष राशिमा रहेको छ । आज विहान ९ः३५ देखि १०ः५४ सम्मको समय राहुकाल रहेको छ । ११ः५२ देखि १२ः३४ सम्मको समय अभिजित मुहूर्त रहेको छ । आजको देवता ब्रह्मा र ग्रहदेव मंगल रहेको छ ।

    शनिबार बिहान पिपलको बृक्षमा जल अभिषेक गर्दा ग्रहको दोष नलाग्ने मान्यता छ ।

    शनिबार सूर्यनारायणलाई समेत जल अर्पण गरेर मात्र दिनको शुरुवात गर्दा शुभ हुनेछ । माघे संक्रान्ति सनातनीको एउटा मुख्य चाड पनि हो । आजको दिन खाने परिकार र सूर्य उत्तरायणमा प्रवेश गर्ने र गर्मी सुरु हुने छ ।

    मेष 
    व्यापारबाट अर्थ लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग पाइने छ । परिवारको साथ सहयोगले तपाईंको कार्य योजना सफल हुनेछ । यात्राबाट फाइदा हुनेछ । त्यसैले आज यात्राको लागि सूर्योदयपछि मात्र निस्कनु बेस हुनेछ । पूर्वदिशा तर्फको यात्रा फलदायी हुनेछ ।   

    वृष  
     आजको दिन अर्थलाभ हुनेछ । व्यापारको कामबाट फाइदा  हुनेछ । तपाईं सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । आजको दिन शनिदेवको दर्शन गरेर गरेका काम सफल हुनेछ । चन्द्रमाको साथ रहेको छ, आजको दिन विहान स्नान गरेपछि सूर्योदयको दर्शन गर्नुहोला ।     

    मिथुन 
     आजको दिन तपाईंलाई परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु बेस होला । आजको दिन घर परिवारको काम गरेर बस्नु नै बेस हुनेछ ।     

    कर्कट 
    आजको दिन कसैसँग विवाद भयो भने हानी हुनसक्छ । यात्रा गर्दा अनावश्यक खर्च बढ्नेछ । संकटाको मन्दिर क्षेत्रमा गएर कुनै गरिव व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ । आज विहान स्नान गरेपछि  सूर्यनारायणलाई जल अर्पण र दर्शन गर्नुभयो भने तपाईको आजको दिन र साता नैं सफल हुनेछ ।    

    सिंह 
    आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।  दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम शुरु नगर्दा राम्रो हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईलाई आर्थिक लाभ समेत हुनसक्नेछ । आज कुनै देवालयको दर्शन गर्नुहोला ।  

    कन्या 
    आज आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी अथवा साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवालयको यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ । 

    तुला
    कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । अध्ययन अध्यापनको काममा रुचि जाग्नेछ ।   

    वृश्चिक 
    आजको दिन अवसर र संभावना दुवै हुनेछन् । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला ।

    धनु 
    सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले सफलता मिल्नेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ । 

    मकर 
     विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । अनावश्यक आरोप पनि लाग्न सक्छ । कसैप्रति दुराग्रह छ भने पनि त्यो भाव हटाउन प्रयास गर्नुहोस् । देवालय र शिवालयको यात्राले  तपाईलाई मनमा प्रसन्नता छाउनेछ।     

    कुम्भ 
    आजको दिन सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खानेकुरा दिनुभयो भने तपाईको लागि दिन उत्तम रहनेछ ।   

    मीन
    सामाजिक सेवा र अध्यात्म कार्यका समय खर्चनुहोला ।  अध्ययन अध्यापनमा समय विताउदा फाइदा हुनेछ । तपाईका लागि आजको दिन आफन्तजनसँगको यात्राले खुसियाली छाउने छ । विहान  स्नान, सूर्योदयको दर्शनपछि अध्यात्म ग्रन्थको अध्ययन, मनन, चिन्तन र श्रवणले उर्जा मिल्नेछ । आजको दिन शैक्षिक कार्ययोजना बनाउँदा सफलता मिल्नेछ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend