काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले देशको सिमा सुरक्षाको विषयमा सरकार नबोल्ने प्रतिपक्षले संसद चलाउन नदिनु गम्भीर भएको बताएका छन्।
सुनौलो नेपालसगँको कुराकानीमा नेता भण्डारीले भारतमा मोदीले लिपुलेकमा सडक बनेकोबारे बोलेपछि सरकारले थाहा पाउनु अनि प्रतिपक्षले निरन्तर संसद चल्न नदिने गम्भीर भएको भन्दै संसद खोलेर प्रधानमन्त्रीले संसदमा यस विषयमा छलफन चलाउपर्ने बताए ।
नेपालको कानुनले नै नेताहरुसामु आत्मसमर्पण गरेको बताउदै उनले ‘देश सिध्याउनलागि परेकाहरु एक लाख धरौटि बुझाएर छुट्छन। नेपालमा कानुन अनुसार व्याक्ति नभई व्याक्ति अनुसार कानुन निर्माण हुने गरेको छ।’
कानुनले तेरो मेरो गरेर व्याक्ति हेर्नु हुदैन गलत गर्ने जो कोहीलाई कारवाही गर्नुपर्छ । नेपालमा कानुन अनेक छन् तर कानुन अनुसार कसैलाई पनि कारवाही भएन कानुनका अनेक छिद्रहरुबाट नेता उम्किए ।
कम्युनिष्टहरुले ढाटेरै दुई तिहाई ल्याएपनि त्यसलाई सम्हाल्न नसकेर ३ वर्षमानै पतन भएको बताउदै त्यसपछि बनेको कांग्रेस नेतृत्वको सरकारले पनि जनतामा खुशी दिन नसकोकोमा उनले दुखसो गरे ।
पछिल्ला घटनाहरु बारे सोधिएको प्रश्नमा नेता भण्डारीले भने नेपालमा छिनछिनमा विभिन्न काण्डहरु आउछन्। देशको अस्तित्वमाथी आँच पुर्याउने त्यस्ता जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्छ ।
‘ललिता निवास प्रकरणमा प्रहरीले ३ वर्षसम्म छानविन गरेको फाईललाई एउटा सरकारी वकिलले फर्काउनु कहाँसम्मको अन्याय हो रु यस्तै ओम्नी काण्ड छ, अहिलेको नारायणहीटी दरवार संग्राहालय काण्ड छ यी लगाएतका जतिपनि काण्डहरु छन् त्यसमा सामेल सवैलाई कारवाही गर्नुपर्छ ।’ उनले भने
नारायणहीटी दरवार संग्राहलयमा रेष्टुरेण्ट चलाउन खोज्नेलाई होईन त्यो अनुमति दिनेलाई कारवाही गर्नुपर्छ। नेपालमा उच्च पदमा बसेकाले देश समुन्नत बनाउने आम्दानी बढाउने बारेमा नसोचेर आफ्ना आसेपासेलाई राम्रो बनाउने सोच राखेका कारण देशमा परिवर्तन नभएको उनले ठोकुवा गरे ।
‘मन्त्री प्रधानमन्त्रीले मुलुक र जनतालाई हेरेर योजनाहरु बनाउनुपर्छ । आफ्ना मान्छेलाई रोजगारी दिने योजना बनाउछन अनि कसरी देशको विकास हुन्छ र ?’ उनले प्रश्न गरे।
नेपाली नेतासगँ देशको सिमा सुरक्षा, भ्रष्टाचारको अन्त्य, पुर्वाधारमा जनताको पहँच र स्वदेशमै रोजगारीका अवसर सृजना गर्ने एजेण्डा हुनुपर्नेमा त्यसो हुन नसको उनको भनाई छ ।
नेपाली काग्रेसको १४ औं महाधिवेशनले सक्षम युवाहरुलाई नेतृत्वमा पुर्याएको बताउदै संसदमा सक्षम व्याक्ति पुर्याउनका लागि सक्षम मानिसलाई पार्टीले आगामी निर्वाचनहरुमा पनि टिकट दिनुपर्नेमा उनले जोड दिए ।
संघीयता प्रति पनि जनताको गुनासो छ भन्ने प्रश्नमा नेता भण्डारीले भने ‘प्रदेश सरकारको कुनै काम नै नभएको भन्दै प्रदेश सरकार राज्यको खर्च बढाउने माध्यम मात्र भएको बताए ।स्थानिय तह बरु जनतासामु पग्न खोजेको छ तर प्रदेश सरकारको त केही कामै छैन राज्यको खर्च बढाउन मात्रै जस्तो देखिएको छ।’
नेपाली कांग्रेसलाई गठबन्धन नफाप्ने बताउदै आउने चुनावहरुमा काग्रेस एक्लै जानुपर्ने पनि उनले बताए ।