logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • कोरोनाका कारण माघ १६ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित  

    कोरोनाका कारण माघ १६ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित  

    1.5K
    Shares

    काठमाडौं । प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि माघ ३ गते सोमबार १ बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोनाको कारण देखाउँदै माघ १६ गते बस्नेगरी स्थगित भएको हो । 

    संघीय संसदका महासचिव भरतराज गौतमले आइतबार सुचना जारी गर्दै कोभिड संक्रमणका कारण माघ ३ मा बोलाइएको बैठक बस्न नसक्ने भएकाले माघ १६ गते आइतबार दिउँसो १ बजे बस्ने गरी समय र परिवर्तन गरिएको बताएका छन् ।

    यसअघि राष्ट्रिय सभाको बैठक पनि अनिश्चित कालका लागि स्थगित गरिएको सुचना संसद सचिवालयले जारी गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend