काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो एकसय दिनको काम र आगामी योजना सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले पिर्के सलामी खाँदा कस्तो अनुभूति भयो भनेर प्रश्न सोधेका छन्।
सोमबार मन्त्री झाँक्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा सुनौलो नेपालका पत्रकार दिवस भण्डारीले बिगतमा मन्त्रीले खाने पिर्के सलामीमा कडा टिका टिप्पणी गर्नुहुन्थ्यो तर तपाई मन्त्री भएपछी पनि पिर्के सलामी खानु भो, मैले किन खानु भो भनेर प्रश्न गर्दिन बिगतका मन्त्रीले जसरी खान्थे त्यसरी नै खानु भो, तर मेरो प्रश्न के छ भने पिर्के सलामी खाँदा कस्तो अनुभूति भयो भनेर प्रश्न गरेका थिए।
भण्डारीले प्रश्न सोधेपछि हलमा एकछिन हाँसोको फोहोरा छुटेको थियो। उनले यो मेरो हैन आम नेपालीको प्रश्न हो भनेपछि झाक्रीले नेपालीले यस्तै अर्थहीन प्रश्न गर्छन र त ‘उ’ भएको छैन भन्ने जवाफ दिएकी थिईन।
झाक्रीले गुल्मी जिल्लाको भ्रमणका क्रममा इलाका प्रहरी कार्यालय पुर्कोट दहमा आइतबार सलामी ग्रहण गरेपछि उनको सलामीको तस्बिर सहित सामाजिक सञ्जालमा भाइरल मात्र भएको थिएन मन्त्रीको समेत चर्को आलोचना भएको थियो।