logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • ज्वालामुखी विस्फोटः टोंगामा क्षतिको विवरण बुझ्न विमान पठाइयो

    ज्वालामुखी विस्फोटः टोंगामा क्षतिको विवरण बुझ्न विमान पठाइयो

    6.6K
    Shares

    एजेन्सी । प्रशान्त महासागरमा पानीमुनि ज्वालामुखी विस्फोटनपछि सुनामीका कारण टापुराष्ट्र टोंगामा ठूलो क्षति भएको अनुमान गरिएको छ । तर, सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको विवरण सार्वजनिक हुन सकेको छैन ।

    विस्फोटनले प्रशान्त क्षेत्रका टापुहरूलाई खरानीले ढाकेको र  विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएको प्रारम्भिक विवरणमा जनाइएको छ । ज्वालामुखीले पुर्‍याएको क्षतिको मूल्यांकनका लागि न्युजिल्यान्डले एउटा विमानसहितको टोली टोंगा तर्फ पठाएको छ । 

    शनिवार राजधानी नुकुआलोफाबाट करिब ६५ किलोमिटर उत्तरमा रहेको हुंगाटोंगा हुंगा आपाईमा विशाल विस्फोट भएको थियो । विस्फोटको आवाज अमेरिका र जापानसम्म सुनिएको थियो । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend