logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • आज माघ ५ गते बुधवार थाहा पाउनुहोस् तपाईंको राशिफल

    आज माघ ५ गते बुधवार थाहा पाउनुहोस् तपाईंको राशिफल

    5K
    Shares

    मेष– नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। शुभकार्यमा सरिक भइनेछ ।

    वृष–आज रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ। रोकिएको धन पनि हात पर्ला ।

    मिथुन–आज सहकर्मीबाट विरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय पनि छ, अतस् सावधानी अपनाउनु नै उपयुक्त होला ।

    कर्कट–धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

    सिंह–कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ। घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

    कन्या–आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। साथीभाइसँग समय पनि बित्नेछ ।

    तुला–विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

    वृश्चिक–आज यात्राको सम्भावना छ । सामाजिक कामको दायित्त्व बढ्नेछ । भूमि र वाहनबाट लाभ मिल्ने योग छ। प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ ।

    धनु–बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

    मकर–आज कुनै समाचारले मनमा प्रसन्नता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ कार्य पनि हुनेछन् ।

    कुम्भ–आज मनमा दुविधाहरू उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सरकारी निकायको भय रहनेछ ।

    मिन– एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend