logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • पीएम कपको उपाधिका लागि आज एपीएफ र पुलिस भिड्दै

    पीएम कपको उपाधिका लागि आज एपीएफ र पुलिस भिड्दै

    4.4K
    Shares

    काठमाडौं । पहिलो पटक टी–२० फर्म्याटमा आयोजना भएको प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज बुधबार हुँदैछ ।

    उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब कीर्तिपुरस्थित टियु मैदानमा बिहान १० बजे भिड्नेछन् । टस साढे ९ बजे हुनेछ । 

    राष्ट्रिय तथा युवा खेलाडीले मिश्रित दुबै टोली बलिया छन् । दुबै टोलीको ब्याटिङ लाईन र बलिङसमेत बलियो छ । सेमिफाइनलकै तुलनामा हेर्ने हो भने आज ठूलो स्कोर बन्न सक्छ । 

    सेमिफाइनलमा पुलिसले बागमती प्रदेश र एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी आर्मीलाई पराजित गरेको थियो । 

    १० टोली सहभागी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसअघि राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को सहयोगमा नेपाल क्रिकेट संघ ९क्यान० ले यस प्रतियोगिता एकदिवसीय फर्म्याटमा आयोजना गर्दै आएको थियो ।

    तर। आगामी महिना ओमानमा हुने टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले सहभागीता जनाउने भएपछि त्यसैको तयारी स्वरुप यस प्रतियोगिता टी–२० फर्म्याटमा आयोजना भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend