logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • ब्राइटनसँग रोकियो चेल्सी, उपाधि यात्रामा धक्का

    ब्राइटनसँग रोकियो चेल्सी, उपाधि यात्रामा धक्का

    3K
    Shares

    एजेन्सी । ब्राइटनसँग मंगलबार राति १–१गोलको बराबरी खेलेसँगै इंग्लिस प्रिमियर लिगमा चेल्सीको उपाधि यात्रा थप कठिन बनेको छ । सिजनको सुरुआतमा उपाधि यात्रामा पकड बनाउँदै आएको चेल्सी पछिल्ला खेलहरुमा लय गुमाउँदै उपाधिबाट टाढा रहँदै गएको छ । 

    गय राति भ्रमणकारी टोलीमाथि ब्राइटन बाधक बन्यो । अमेरिकन एक्सप्रेस कम्युनिटी मैदानमा अग्रता भने चेल्सीले लियो । २८औँ मिनेटमा हाकीम जियेचले गोल गर्दै भ्रमणकारी टोली चेल्सीलाई अग्रता दिलाए । उनले कान्तेको पास सदुपयोग गरेका थिए । 

    तर ६०औँ मिनेटमै एडम वेवस्टेरले गोल गर्दै खेल बराबरी स्थितिमा ल्याए । बाँकी समय गोल नहुँदा चेल्सी अङ्क बाँड्न बाध्य भयो । नतिजासँगै चेल्सी २३ खेलबाट ४४ अङ्क सहित तेस्रो स्थानमा छ । जुन शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा १२ अङ्कले पछि हो । दोस्रो स्थानको लिभरपुल एक अङ्कले माथि रहेको छ । तर लिभरपुलले दुई खेल कम खेलेको छ । यता, ब्राइटन भने २१ खेलबाट २९ अङ्क सहित नवौँ स्थानमा छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend