logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • कुलमान घिसिङ र उर्जामन्त्री भुषालले नेपालमा बिजुली बस चलाउन रोके – अध्यक्ष थापा

    कुलमान घिसिङ र उर्जामन्त्री भुषालले नेपालमा बिजुली बस चलाउन रोके – अध्यक्ष थापा

    2.4K
    Shares

    नेपालमा  विद्युतीय बस संचालन गर्न उर्जामन्त्री पम्फा भुसाल र कुलमान घिसिङले नै अवरोध गरेको खुलासा भएको छ । 

    बिद्युतीय सवारीमा छलाङ मार्ने भनेर बाहिर भाषणमा मिठा मिठा गफ गरेर हिड्ने उर्जामन्त्री र विद्युतीय खपत बढाउन  कम्पनी चहार्दै हिडेका कुलमान घिसिङले नेपालमा विद्युतीय सवारीमा चलाउन विभिन्न अवरोध खडा गरेको आरोप निजि क्षेत्रको पहिलो बिजुली बस संचालक कम्पनीका अध्यक्ष भेष बहादुर थापाले लगाएका छ्न  । 

    सरकारले एकातर्फ बिजुली बस चलाउने भनेर ललिपप देखाउने तर अर्कोतर्फ बिजुली बस संचालनमा अनेक अवरोध खडा गर्ने गरेको आरोप अध्यक्ष थापाले सुनौलो नेपालसंगको कुराकानीमा  लगाए । उनले भने ‘सरकार बिजुली बस भित्राउन भन्सार देखी विद्युत दिने अवस्थासम्म ब्यवसायीलाई उत्साहित भन्दा पनि निरुत्साहित गर्ने तर्फ लागेको छ ।’

    भौतिक पुर्वाधार मन्त्रीले त झन नेपालमा बिजुली बस चलाएर के हुन्छ भनेर ठाडो प्रश्न गरेको उनको आरोप छ । 

    अर्थमन्त्री र प्रधानमन्त्री बिजुली बसमा सकारात्मक भए पनि तल्लो निकाएले आफुहरुलाई निकै दुख दिएको र कसरी नेपालमा विद्युतीय रोक्ने भन्ने तर्फ लागेका उनको आरोप छ। अब सिधै प्रधानमन्त्रीले यसमा एक्सन लिनुपर्यो दुई महिना अगाडि लन्डनमा भएको जलबायु परिवर्तन सम्बन्धी कार्यक्रममा पनि प्रधानमन्त्रीले  नेपालमा विद्युतीय बस चलेका छ्न भनेर भन्नुभएको थियो अब भाषण हैन चलाउन सहज गर्नतर्फ प्रधानमन्त्री लाग्नुपर्यो । ु उनले भने 

    सुन्दर यातायातले चालीस वटा विद्युतीय बस ल्याउन लागेको अवस्थामा आफुहरुका बस बिरगंज भन्सारले रोकेको उनले बताए । 

    त्यस्तै अध्यक्ष थापाले आफुहरुले निजी खर्चमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गरेको भए पनि उर्जा मन्त्रालय, विद्युत प्राधिकरण र विद्युत महसुल निर्धारण  आयोगले अनेक शुल्क आफुहरु माथी लगाएको भन्दै उनीहरू नै नेपालमा डिजेल र पेट्रोलका बस नै चलुन भन्ने चाहेको समेत बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend