logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • केकीको अधिकारीको ‘कोहलपुर एक्सप्रेस’ हिन्दि फिल्मको कपी

    केकीको अधिकारीको ‘कोहलपुर एक्सप्रेस’ हिन्दि फिल्मको कपी

    9.3K
    Shares

    सुनौलो नेपाल – प्रदर्शन अगाडी आक्रामक प्रचारप्रसार गरी  शुक्रबार  रिलिज भएको  चलचित्र ‘कोहलपुर एक्सप्रेस’ सन् २००५ मा प्रदर्शित तमिल फिल्म मुम्बई एक्स्प्रेस पछी   हिन्दी भाषामा  बनाइएको  मुम्बई एक्स्प्रेसको हुबहु कपी देखिएको छ ।

    केकी अधिकारीले  पहिलोपटक निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ हिन्दि भाषाको फिल्म मुम्बई एक्स्प्रेस हु बहु कपि गरेर नेपाली दर्शकहरुलाई जबरजस्त प्रचारप्रसार गरी भ्रम छर्न खोजीएको छ ।

    नेपाली फिल्म आफ्नै मौलिक सस्कृति र मौलिक कथाबस्तु तर्फ ढल्किन खोजीरहेको र आम दर्शकहरुको समेत नेपाली फिल्म प्रति रुची बढ्दै गईरहेको बेला पुन नेपाली फिल्म हिन्दीकै कपि हुन् भन्ने संदेश दिन खोजीएको भन्दै दर्शकहरु समेत आक्रोशित हुन् थालेका छन् ।

    नेपाली फिल्म उद्योगलाई  फेरी हिन्दीकै कपि बनाउन खोजीएको हो त भन्ने सुनौलो नेपालको प्रश्नमा  ‘कोहलपुर एक्सप्रेसका निर्देशक विशाल भण्डारी गर्वका साथ एउटा  नेपाली सर्ट मुभी कपि गरीएको उदाहरण दिदै भन्छन हामीले मात्र होइन कपि उनीहरुले पनि गरेका छन् हामीले कपि गरेपनि  हामीले फिल्ममै पनि मुम्बई एक्सप्रेसबाट प्रभावित भनेर लेखेका छौ ।

    के नेपाली निर्देशकले नेपालीपन दिन नसक्ने नै भएका हुन् त भन्ने सुनौलो नेपालको अर्को प्रश्नमा उनले भने बर्षमा नेपालमा १०० वटा फिल्म बन्छन त्यसमध्य  ८० वटा नेपालीपनमै बन्छन तर बीस वटा कपि नै हुन् अरुले भन्दैनन् हामीले भनेका छौ नेपालीहरुलाई  भारत भन्नासाथ हिन भावना आउछ कतिपय राम्रा कुराहरु पनि  राम्रोको रुपमा स्वीकार्न सक्दैनन् उनले भने ।

    तर कोहलपुर एक्सप्रेसबारे उनले यस्तो स्वीकारे पनि नेपाली दर्शक नेपाली फिल्ममा हिन्दीको कपि स्वीकार्न तयार हुदैनन् । नेपाली फिल्म आफ्नै मौलिक सस्कृतिमा बनाउन सक्नुपर्ने र अरुको भाषानुवाद गरेर नेपाली फिल्मकै बदनाम गर्न नहुने दर्शकहरुको प्रतिक्रिया छ ।

    निर्देशकले प्रभावित भने पनि  दर्शकहरुले भने यसलाई चोरी नै भन्छन चोरेको फिल्म हेर्न भन्दा त  सिधै मुम्बई एक्सप्रेस हेर्ने  नि किन कोहलपुर एक्सप्रेस हेर्नुपर्यो हलमा पुगेका दर्शकले भने ।

    नेपाली फिल्म क्षेत्रमा नाम चलेका र शिक्षित भनिएका नायिकाहरु केकी अधिकारी  प्रियंका कार्की र ऋचा शर्माहरुनै यस्तो फिल्ममा देखिनु सामान्य बिषय होइन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend