logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • तालिवानको सत्तापलटपछि बन्द भएका अफगानिस्तानका विद्यालय खुल्दै

    तालिवानको सत्तापलटपछि बन्द भएका अफगानिस्तानका विद्यालय खुल्दै

    3.7K
    Shares

    काबुल । अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि बन्द भएका सार्वजनिक विद्यालय फेब्रुवरीदेखि फेरि खुल्ने भएका छन् ।

    तालिवानका कार्यवहाक शिक्षामन्त्री शाइख अब्दुल बाकी हक्कानीले सो जानाकारी दिएका हुन् । तर, छात्रालाई पढ्न अनुमति दिने\नदिने विषयमा भने उनले केही खुलाएका छैनन् । यसअघि तालिवानले छात्राहरुलाई अलग्गै पढाउन सकिने बताएको थियो ।

    गर्मी प्रान्तका विश्वविद्यालयहरु २ फेब्रुवरीबाट खुल्ने र अन्य प्रान्तमा २६ फेब्रुवरीदेखि मात्रै सञ्चालन गरिने उनले बताए । यसअघि 
    अहिलेसम्म तालिवान सरकारले देशका अधिकांश भागमा पुनः सञ्चालन गरेका माध्यामिक विद्यालयमा छात्रहरुका लागि मात्र अनुमति दिइएको छ । केही निजी विश्वविद्यालय पुनः खुलेका छन् । तर, अधिकांश छात्रा पढ्न गएका छैनन् ।

    तालिवानले विदेशी अनुदान खोजिरहेकै बेला पश्चिमा सरकारहरुलेअफगानिस्तानमा छात्रा शिक्षालाई जोड दिँदै आएका छन् ।  तालिवानले १५ अगस्टमा अफगानिस्तानको सत्तापलट गरेको थियो । -एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend