२२ माघ, कपिलबस्तु । नगरपालिकाका निर्वाचित मेयर, तीनजना वडा अध्यक्ष र एक हजार बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमख रजत प्रताप शाहसहित कृष्णनगरका तीनजना वडा अध्यक्ष समेत सहित हजारौं कार्यकर्ता एकसाथ कांग्रेसमा प्रवेश गरेका हुन् ।
शनिबार एक कार्यक्रमका बीच मेयर सहितको टोलीलाई कपिलवस्तु क्षेत्र नं। ३ का कांग्रेस सांसद अभिषेक प्रताप शाहले पार्टीमा स्वागत गरेका छन् ।
सांसद शाहको पहलमा मेयर सहित टोली कांग्रेसमा प्रवेश गरेका हुन्। नवप्रवेशीलाई सासंद शाह सहित नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्यले स्वागत गरेका थिए।
सांसद शाहका नातेदार समेत रहेका मेयर शाह २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी भएका थिए।
निकै प्रभावशाली व्यक्तित्वका रुपमा रहेका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा निकै महत्वका साथ हेरिएको छ।