logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • आजदेखि उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, अरु के के गर्न पाइन्छ ?

    आजदेखि उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, अरु के के गर्न पाइन्छ ?

    2K
    Shares

    काठमाडौं । सवारी साधनमा हाल कायम रहेको जोरबिजोर प्रणाली आज सोमबारदेखि हट्ने भएको छ । सीसीएमसीसीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

    आइतबार नै बसेको सीसीएमसीसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो । सो सिफारिससँगै उपत्यकाका सीडीओहरूले गृह मन्त्रालयको निर्देशनमा सिफारिसलाई कार्यान्वयनमा लगेका हुन् ।​

    विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आगामी फागुन १ गतेदेखि सञ्चालन गर्ने पनि निर्णय गरिएको छ ।  १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने प्रशासनद्वारा जारी आदेशमा भनिएको छ ।

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend