logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • आगामी निर्वाचनमा कांग्रेस उमेदवारलाई विजयी बनाउन प्रचार प्रसारको जिम्मेवारी सांस्कृतिक सघंले लिने

    आगामी निर्वाचनमा कांग्रेस उमेदवारलाई विजयी बनाउन प्रचार प्रसारको जिम्मेवारी सांस्कृतिक सघंले लिने

    3.1K
    Shares

    काठमाडौं । आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन नेपाल सांस्कृतिक संघले प्रचार–प्रसारको जिम्मेवारी लिने भएको छ । 

    बुधबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउनको लागि प्रचारप्रसारको जिम्मेवारी लिने बताएको हो ।

    पत्रकार सम्मेलनमा संघका सभापति तीर्थबहादुर थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई अत्याधिक मतले विजयी गराउनका लागि स्रष्टा र संस्कृतिकर्मीहरुलाई सक्रीय र सशक्त रुपमा परिचालन गरिने बताए । 

    कांग्रेसले हालसम्म गरेका कामहरु तथा भविष्यमा गर्ने कामहरुको सम्बन्धमा गीत, संगीत, कविता, नाटक, प्रहशन, नृत्यको माध्यमबाट जनतासम्म पु¥याउने उनको भनाई छ ।

    निर्वाचन प्रयोजनका लागि फागुन मसान्तसम्म सातवटै प्रदेशमा संगठन सुदृढीकरण तथा प्रशिक्षण आयोजना गरिने र चैत मसान्तभित्र देशका ७५३ वटै स्थानीय तहमा संगठन निर्माण गरी निर्वाचनमा सक्रिय सहभागिता जनाउने संघका सभापति थापाले जानकारी दिए । 

    नेपाल सांस्कृतिक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो । संघको तेस्रो महाधिवेशन आगामी ६ महिनाभित्र सम्पन्न गर्ने योजना रहेको पनि सभापति थापाले बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend