logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालमा २ हजार ४०१ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु 

    नेपालमा २ हजार ४०१ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु 

    2.2K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार ३५६ जनामा कोरोना परीक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण देखिएको हो ।

    आरटी(पीसीआर परीक्षणबाट १ हजार ८५१ र एन्टीजेन परीक्षणबाट ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आज देखिएका संक्रमितको संख्या हिजोको भन्दा बढी हो । परीक्षण दर बढाउँदा संक्रमितको संख्या पनि बढेको छ । हिजो मंगलवार १२ हजार ६९२ जनामा परीक्षण गर्दा १ हजार ९५७ जनामा संक्रमण पहिचान भएको थियो ।

    त्यसैगरी, पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको छ। साथै, कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा थप २ लाख ४६ हजार ७८३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend