logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • फोनपे नेटवर्कमा प्रभुपे आवद्ध

    फोनपे नेटवर्कमा प्रभुपे आवद्ध

    3.8K
    Shares

    काठमाडौं । प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा आवद्ध भएको छ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे एक कार्यक्रमका विच सहकार्य पत्रमा हस्ताक्षर भएसँगै प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको छ ।

    बुधबार फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले सम्झौैंतापत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै अबदेखि प्रभुपेका ग्राहकले फोनपेको क्यूआरमार्फत् सहजै रकम भुक्तानी गर्न सकिने बताइएको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले प्रभुपेसँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने उद्देश्यमा थप मद्दत पुग्ने बताए । उनले आगामी दिनमा अन्य भुक्तानी सेवा प्रदायकहरु पनि फोनपेको नेटर्वकमा जोडिदै जाने विश्वास व्यक्त गरे ।

    त्यसैगरी, प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले फोनपेसँगको सहकार्य आफूहरुको लागि सुवर्ण अवसर भएको बताए । डिजिटलाइज र क्यासलेस बनाउने आफुहरुको सोच पूरा गर्न आगामी दिनमा मिलेर अगाडी बढ्ने उनले बताए  ।

    फोनपेमा हाल ५ लाख ७० हजार भन्दाबढी मर्चेन्ट रहेको बताइएको छ । बैंक तथा वित्तिय संस्था एवम् भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत् कारोबार गर्दै आएको फोनपेले जनाएको छ । त्यसैगरी प्रभुपेका ७ लाख भन्दाधेरै ग्राहक रहेको बताइएको छ । प्रभुपेमार्फत् मोबाइल र टिभी रिचार्ज, हवाइ टिकट, मुभी टिकट लगायत थुप्रै सेवाहरुको डिजिटल भुक्तानी गर्ने गरिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend