logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • हिमपातका कारण ठप्प रसुवागढी नाका सुचारु

    हिमपातका कारण ठप्प रसुवागढी नाका सुचारु

    3.1K
    Shares

    रसुवा  । हिमपातका कारण ठप्प भएको रसुवागढी नाकाबाट आयात पुनःसुरु भएको छ ।  चिनियाँ नयाँ वर्षका अवसरमा सोमवार र मङ्गलवार बन्द भएर हिजो मात्रै खुला भएको नाका गएको शुक्रवार र शनिवारको हिमपातका कारण बन्द भएको थियो ।

    चिनियाँ भूभागका सडकमा बाक्लो हिउँ जमेका कारण केरुङबाट रसुवागढीतर्फ आउने कन्टेनर उतै रोकिएका थिए । हिउँ पग्लिएसँगै बुधवार नौ वटा टेलरमार्फत सामान आयात भएको हो ।

    हिमपातका कारण चिनियाँ गाडी गुड्न नसक्दा रोकिएका सामग्री रसुवागढी नाकामा आउन थालेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

    रसुवागढी मितेरी पुलमा तैनाथ सुरक्षाकर्मीका अनुसार हिजो नौ वटा चिनियाँ टेलरमार्फत आएका सामग्री नेपाली गाडीमा राखेर परीक्षणका लागि भन्सार हातामा पठाइ सकिएको छ ।

    आयातकर्ता व्यवसायीले परिमाण घोषणा गर्नासाथ परीक्षण कार्य छिटोछरितो अगाडि बढाउन आफ्ना जाँचकी तयार रहेको भन्सार अधिकारीले जनाएका छन् ।

    हिजो आयात भएको सामग्रीमा नेपालमा सञ्चालित जलविद्युत् आयोजनाको उपकरण लगायत विभिन्न सामग्री रहेको सुरक्षाकर्मीले बताएका छन् ।

    आयात भएका चिनियाँ सामग्री रसुवाबाट काठमाडौं ढुवानीका लागि सयौँ नेपाली कन्टेनर टिमुरेमा लामबद्ध भइसकेको सुरक्षाकर्मीले जनाएका छन् ।

    भन्सार अधिकृत मदन श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा गएको साउनदेखि माघ २६ गतेसम्म चार अर्ब ७६ करोड ६० लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

    रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किलोमिटर मात्रै छ । रसुवागढी नाकाबाट हुँदै आएको आयात–निर्यात झन्डै दुई वर्षयता पटक पटक प्रभावित हुँदै आएको छ ।

    विभिन्न पर्व, हिमपात, पहिरो र कोरोना महामारीका कारण पटकपटक नाका बन्द भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend