logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • उत्तर प्रदेशमा आजबाट विधानसभा निर्वाचन सुरु, कोभिड नियमको पालना गरी मतदान गर्न प्रधानमन्त्री मोदीको आग्रह

    उत्तर प्रदेशमा आजबाट विधानसभा निर्वाचन सुरु, कोभिड नियमको पालना गरी मतदान गर्न प्रधानमन्त्री मोदीको आग्रह

    3.6K
    Shares

    काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा आजबाट विधान सभाको निर्वाचन सुरु भएको छ । निर्वाचन सात चरणमा सम्पन्न हुने छ ।

    पहिलो चरणमा आज मुजफ्फरनगर, मेरठ, बागपत, गाजियावाद, शामली, हापुड, गौतमबुद्ध, बुलन्दशहर, अलिगढ, आगरा र मथुरा गरी ११ जिल्लामा मतदान भइरहेको छ । यी ११ जिल्लामा विधानसभाका ५८ सिटका लागि ६२३ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।

    अन्तिम चरणको निर्वाचन आगामी ७ मार्च अर्थात् फागुन २३ गते हुने छ । निर्वाचनको परिणाम १० मार्चमा सार्वजनिक हुने छ ।

    निर्वाचन सुरु हुनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड नियमको पालना गर्दै मतदानमा सहभागी हुन अपिल गरेका छन् । उनले भनेका छन्, ‘लोकतन्त्रको यस पावन पर्वमा सहभागी हुनुस् । याद राख्नुहोला, पहिले मतदान अनि मात्र जलपान ।’

    उत्तर प्रदेशमा यसअघि सन् २०१७ मा विधानसभा निर्वाचन भएको थियो । त्यतिबेला भारतीय जनता पार्टी (भाजपा)ले कूल ५८ मध्ये ५३ सिट जितेको थियो । त्यसपछि भाजपाका नेता योगी आदित्यनाथ मुख्यमन्त्री बनेका थिए ।

    यसपटक अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी (सपा) र अजित सिंह नेतृत्वको राष्ट्रिय लोक दल (आरएलडी)ले भाजपाविरुद्ध गठबन्धन गरेका छन् । यो निर्वाचनबाट उत्तर प्रदेशको मुख्यमन्त्री पदमा को पुग्ला भन्ने चासो छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend