logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १९ जना घाइते

    जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १९ जना घाइते

    6.7K
    Shares

    उदयपुर । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका–७ नागबेलीस्थित मदनभण्डारी लोकमार्गमा ट्याक्टर दुर्घटना भएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । 

    बिहीबार बिहान करिब १० बजे भएको दुर्घटनामा परी १९ जना घाइते समेत भएका छन् । त्रियुगा नगरपालिका–१६ रातापानीबाट नेपालटारतर्फ विवाहको जन्ती बोकेर जाँदै गरेको प्र २ –०१–००१ त १०९६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । 

    दुर्घटनामा परी त्रियुगा–१४का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतमले बताए। ट्याक्टर आफैं अनियन्त्रित भई सडकमा पल्टिएको हो । प्रहरीले घाइतेको उद्धार गरी जिल्ला अस्पताल गाईघाट उदयपुर लगेको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend