logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिन्धुपाल्चोकमा लाठी र ढुंगाले हानेर एक महिलाको हत्या

    सिन्धुपाल्चोकमा लाठी र ढुंगाले हानेर एक महिलाको हत्या

    2.4K
    Shares

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा लाठीले हानेर एक महिलाको हत्या भएको छ । मेलम्ची नगरपालिका–१० साधखोला बस्ने ६० वर्षीया मिनकुमारी खड्काको लाठी र ढुंगाले हानेर एक युवाले हत्या गरेका हुन् ।

    प्रहरीले हत्याको अरोपमा ईन्द्रावती गाउँपालिका–४ टाँकुरे तामाङटोलका ३२ वर्षीय कुमार तामाङलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार जंगलमा घाँस काट्न गएकी मिन कुमारीलाई उनले एक्कासी लाठी र ढुङ्गाले टाउकोमा हानेर हत्या गरेका हुन् । प्रहरी कार्यालय मेलम्चीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend